सुन सफा गरिदिने भन्दै ठगी गर्ने २ भारतीय पक्राउ



धरान : सुनका गहना सफा गरिदिने भन्दै ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ परेका छन्। भारतको विहार राज्यस्थित कटिहारका १९ वर्षीय पवनकुमार मण्डल र दीपक कुमार साहलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।

धरानका विभिन्न स्थानमा सुनचाँदीका गहना, तामाका भाँडाहरु सफा गरिदिने भन्दै सुनमा रसायन हालेर सुनका गहना चोरी गर्ने गिरोहकै रूपमा उनीहरू सक्रिय रहेको धरान प्रहरीले जनाएको छ। धरानका डिएसपी ढुण्डिराज न्यौपानेका अनुसार उनीहरूको साथबाट सुन ठगी गर्ने रासायनिक पदार्थ समेत बरामद गरिएको छ।

पक्राउ परेका दुवैजना विरुद्ध ठगी ऐन अन्तर्गत मुद्दा दर्ता गरी कानुनी कारबाही अगाडि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्