सुनकोशीमा पौडी खेल्दा एक युवक बेपत्ता



सिन्धुली : सुनकोसी नदीमा पौडी खेल्ने क्रममा एक युवक आज बेपत्ता भएका छन् । सुनकोशी गाउँपालिका–२ दुम्जा नजिक सुनकोशीमा साथीसँगै पौडी खेल्ने क्रममा काठमाडौँको कीर्तिपुरका २५ वर्षीय अमृत लामा बेपत्ता भएको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए ।

काठमाडौँबाट सिन्धुलीको कुशेश्वर महादेव मन्दिरको दर्शन गर्न पाँच जना साथीसँगै आएका लामा बेपत्ता भएका हुन् । उनको खोजी गर्न प्रहरी परिचालन गरिएको छ ।

लामासँगै पौडी खेल्न  गएका अन्य भने पौडी खेलेर नदीबाट निस्किन सफल भएका थिए । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्