सजग रहनुहोस्, फोन चलाउँदा यी सावधानी अपनाउनुहोस्



पछिल्ला केही महिनामा मोबाइल पड्किएका विभिन्न घटना सार्वजनिक भएका छन् । ब्रान्डेडदेखि फिचर फोनसमेत बिस्फोट भएका समाचार बढ्दो छ । यस्तो अवस्थामा फोन चलाउँदा अपनाउनुपर्ने सावधानीबारे यहाँ कुरा गरिएको छ ।

सुत्ने बेला तकिया मुनी कहिले पनि फोन नराख्नुहोस् । यस्तो गर्दा फोनको तापक्रम बढ्नुका साथै यसमा दबाब पनि पर्नसक्छ ।

शर्ट, टि-सर्टको अगाडिको खल्तीमा कहिले पनि फोन नराख्नुहोस् । सेलफोन रेडिएशनको खतरा त छँदै छ, फोन बिस्फोट हुने घटना बढिरहेको अवस्थामा मुटु नजिक हुनु थप खतरनाक हुनसक्छ ।

कतिले फोनलाई चार्जमा राखेर सुत्ने गर्छन् । यो सबैभन्दा खतरनाक बानी हो । यस्तो गर्नु फोन र ब्याट्रि दुबैका लागि हानिकारक हुन्छ ।

– फोनलाई सधैं ओरिजिनल चार्जरबाट मात्र चार्ज गर्नुहोस् । डुप्लिकेट वा अरु फानेको चार्जर प्रयोग गर्दा ब्याट्रि र फोन दुबै क्षती हुन्छ ।

फोनलाई घाममा राखेर चार्ज नगर्नुहोस् । यसको विशेष ध्यान पु-याउनुहोस् नभए फोन खराब हुनसक्छ ।

फोनलाई मोटो केस वा कभरमा राखेर चार्ज गर्दा पनि त्यसको तापक्रम बढ्न सक्छ जसका कारण फोनको ड्यामेज हुनसक्छ । पहिला केस वा कभर हटाउनुहोस्, अनिमात्र चार्ज गर्नुहोस् ।

फोन तात्तिकएको छ भने प्रयोग नगर्नुहोस् ।

पावर बैंकको प्रयोग अब आवश्यकता बनिसकेको छ तर सस्तो पावर बैंकले पनि फोनलाई क्षती पुर्याउन सक्छ । सधैं ब्रान्डेड कम्पनीको पावर बैंक प्रयोग गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्