जनकपुरपछि अब वीरगञ्जमा पनि सूर्य गंगा आरती हुने 



वीरगञ्ज : प्रदेश २ को अस्थायी राजधानी जनकपुरपछि वीरगन्जको धार्मिक एवं पर्यटकीय स्थलका रुपमा परिचित घडीअर्वा पोखरी परिसरमा पनि सूर्य गंगा आरती हुने भएको छ । सूर्य गंगा आरतीको उद्घाटन यही असार १ गते आइतबार साँझ ७ बजे प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थले गर्ने छन् । 

सूर्य गंगा आरती परिवारले शुक्रबार वीरगञ्जमा पत्रकार सम्मेलनको आयोजना गरी यही असार १ गतेदेखि घडीअर्वा पोखरी परिसरमा साताको एक दिन सूर्य गंगा आरती हुने र यसको सम्पूर्ण तयारी भइसकेको जानकारी दिएको छ । 

गंगा आरती गर्नका निम्ती भारतको बनारसबाट दक्ष प्राप्तले आरती गराउने बारे १० दिनदेखि प्रशिक्षण गराइसकेको छ । दक्षता हासिल गरेका शशिकान्त मणी त्रिपाठीले नै सूर्य गंगा आरती गराउने अध्यक्ष वैद्यले बताए । 

अध्यक्ष अशोक वैद्यले सूर्य गंगा आरती परिवारले घडीअर्वा पोखरीमा हालका लागि साताको एक दिन हुन गइरहेको गंगा आरतीसहितको पूजा अर्चनामा सहभागि भई सफल बनाउन सबैमा आग्रह समेत गरे । भारतको बनारस र  हरिद्वार, जनकपुरको गंगासागर जस्तै वीरगञ्जको घडीअर्वा पोखरी परिसरमा पनि हरेक साताको एक दिन गंगा आरती सहीतको पूजा अर्चना गरिनेछ, वैद्यले भने, गंगा आरतीमा पर्सा, बाराका साथै सिमावर्ती भारतको रक्सौल र त्यस आसपासका स्थानीय पनि सहभाती हुने अपेक्षा गरेका छौ ।

वीरगञ्ज शहरको मध्य भाग्यमा अवस्थित पर्यटकीय एंव धार्मिक स्थलको रुपमा पहिचान बनाउन सफल घडीअर्वा पोखरीको धार्मिक र पर्यटकीय पहिचानलाई अझ प्रचार प्रसार गर्नका लागि गंगा आरती आयोजना गर्न लागिएको अध्यक्ष बैद्यले बताए । 

आपसी सहिष्णुता, धार्मिक सद्भाव,  संस्कृतिको जगेर्ना र पर्यटन प्रबर्धनका लागि घडीअर्वा पोखरीमा गर्न लागिएको गंगा आरतीले सकरात्मक भुमीका निर्वाह गर्नेमा आफुहरु विश्वस्त रहेको अध्यक्ष बैद्यले बताए ।

संघीय सरकारले सन् २०२० लाई नेपाल भ्रमण बर्षको रुपमा घोषणा गरेको र प्रदेश २ का सरकारले प्रदेशको विकास निर्माण एवम् समृद्धिका लागि ४ वटा क्षेत्रहरु मध्ये एउटा पर्यटन क्षेत्र समेत रहेको विषयलाई दृष्टिगत गरी धार्मिक पर्यटनको प्रबद्र्धन गरी राष्ट्रिय एवम् प्रारदेशिक संकल्पलाई मूर्त रुपदिन सूर्य गंगा आरती एउटा प्रयासको रुपमा सञ्चालन गरिएको आयोजक समितिले जनाएको छ । 

पूजा अर्चनाका क्रममा भए गरेको त्रुटीलाई सच्याउन वा त्रुटी गल्तिबाट दोषमुक्त हुन आरतीको आयोजना गरिने धार्मिक मान्यता रहि आएको छ अध्यक्ष वैद्यले भने, साँचो मन, हृदयबाट गंगा आरतीमा सहभागि हुने जोसुकै भक्तालुको मनोकामना माँ गंगाले पूरा गर्ने जनआस्था रहेकोले आरतीमा सहभागि हुन सबैमा अपिल समेत छ । 

गंगा आरतीको उदघाटन चरणमा करिब ३ देखि ४ लाख रुपैयाँ खर्च हुनेछ, बाँकी समयमा साताको एक दिन आरती गराउन करिब ५ हजार एक सय रुपैयाँ सबैको सहयोगमा आयोजना हुने छ । वीरगञ्ज नगरको मुख्य भागमा अवस्थित सूर्य भगवानको मन्दिर समेत स्थापित रहेको घडीअर्वा पोखरी परिसरमा वीरगञ्ज महानगरपालिकाको मेयर विजय कुमार सरावगीको संरक्षकत्वमा ११ सदस्यीय सूर्य गंगा आरती समिति गठन समेत गरिएको छ । पत्रकार सम्मेलनमा समितिका सचिव माधवलाल राजपाल, आरती व्यवस्थापक राम हरलालका लगायतको सहभागिता रहेको थियो ।  

प्रतिक्रिया दिनुहोस्