भास्सियो पाेखरा



पोखरा : पोखराको मुख्य क्षेत्र चिप्लेढुंगा चोकको सडक भासिएको छ। पोखरा–४ चिप्लेढुंगाको बीपीको शालिक पछाडिको बीच सडक शनिबार बिहान गाडी चलिरहेकै अवस्थामा सडक भासिएको हो। 

डोजर ल्याएर भासिएको खाडल खन्दा पहिलो हिलो माटो र पछि पानी नै निस्किएको वडा अध्यक्ष शंकर बाँस्तोलाले बताए। खानेपानीको पाइपबाट पानी लिक भएको र पानीकै कारण भासिएको उनले बताए। 

खाल्डो परेको स्थानमा सवारी जान नदिन रोकिएको छ भने सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्