धरानमा डेंगु, सरसफाइ अभियानलाई तीव्र पार्दै रेडक्रस



सुनसरी : जिल्लाको धरान उपमहानगरपालिकामा डेँगुबाट बच्न नेपाल रेडक्रस सोसाइटीले सरसफाई अभियान सञ्चालन गरेको छ। गएको एक महिनादेखि सुरु भएको डेँगुले धेरैजनालाई प्रभावित पारेपछि स्थानीय विपद व्यवस्थापन समितिको सहयोगमा सरसफाइ अभियानलाई तीव्र पारिएको छ।

धरानको ८ र १५ वडा डेँगु संकटग्रस्त क्षेत्र घोषणा भएपछि घरभेट गर्ने, ड्रममा जम्मा गरिएका सफा पानीलाई हटाउन सुझाव दिने र टोल आँगन सरसफाई गर्ने जस्ता काममा रेडक्रसका स्वयंसेवक सक्रिय बनेका छन्।

‘४० जना रेडक्रसकर्मी र स्थानीय बासिन्दा गरी १०० जना हातमा कुचो र हसिँया लिएर सरफाईमा जुटेका छौँ’, धरानस्थित रेडक्रसका अधिकृत शिवराम खड्काले भने,‘१५ नम्बर वडामा बिहीबार, ८ नम्बर वडामा शुक्रबार र १७ नम्बर वडामा शनिवार बिहान अभियानकै रुपमा घरदैलो गरियो।’

नेपाल रेडक्रस सोसाइटीका सभापती उमेश थापा, मन्त्री मुकुल कयस्थ, वडाध्यक्ष लगायत  शिक्षक, वियार्थी र टोल विकास संस्थाहरू पनि डेंगु नियन्त्रणमा सक्रिय छन्। डेंगु धरानका अतिरिक्त इटहरी, विराटनगर र झापाका शहरी क्षेत्रमा पनि देखा परेको छ।

प्रतिक्रिया दिनुहोस्