खलङ्गास्थित नेपाल-भारत जोड्ने पुल चार दिनका लागि बन्द



दार्चुला : दार्चुलास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुल असार १ गतेदेखि ४ गतेसम्म चार दिनका लागि बन्द हुने भएको छ ।मर्मत सम्भारका लागि भन्दै पुल बन्द गरिन लागेको हो ।

पुल जीर्ण बन्दै गएकाले मर्मतकार्य गर्नेबारे दार्चुला जिल्ला प्रशासनलाई भारतीय पक्षले पत्राचार गरेको थियो । सोही अनुसार खलङ्गास्थित झोलुङ्गे पुल चार दिनको लागि बन्द हुने भएको हो ।

विसं २०२८ तिर निर्माण गरिएको उक्त झोलुङ्गे पुलको प्लेट जीर्ण बन्दै गएकाले फेर्नेलगायतका मर्मतकार्य गरिने बताइएको छ ।

भारतीय पक्षद्वारा निर्माण गरिएको उक्त झोलुङ्गे पुलको हरेक तीन वर्षमा मर्मतकार्य गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्