प्रदेश ५ सरकारले ३४ अर्ब बराबरको बजेट ल्याउँदै



बुटवल : प्रदेश ५ सरकारल आर्थिक वर्ष २०७६–०७७ का लागि ३४ अर्ब बराबरको बजेट ल्याउँदै छ । आइतबार दिउँसो बस्ने बैठमा आर्थिक मामिला तथा योजना मन्त्रालय एवं मुख्यमन्त्री शंकर पोखरेलले बजेट प्रस्तुत गर्नेछन् । बैठक दिउँसो ३ बजे बस्ने मन्त्रालयले जनाएको छ । 

आजै दिउँसो १ बजे बस्ने मन्त्रिपरिषदको बैठक ले बजेटलाई स्वीकृति दिने छ । शनिबार राति नै ३४ अ र्ब बराबरको बजेट तयार गरेर आर्थिक मामिला तथा योजना मन्त्रालयका कर्मचारीले मुख्यमन्त्रीलाई बुझाएका थिए । 

प्रदेश योजना आयोगले तयार गरेको पाँच वर्षे आवधिक योजना र सरकारको नीति तथा कार्यक्रममा आधारित रहेर बजेट बनाइएको छ । कृषि र पूर्वाधारलाई प्राथमिकता दिइएको छ । 

प्रतिक्रिया दिनुहोस्