सातै प्रदेशको बजेट आज : सुदूपश्चिमको तुलनामा प्रदेश ३ मा १९ खर्ब बढी



काठमाडौं : सातै प्रदेश सरकारले आज (आइतबार) आर्थिक वर्ष २०७६–०७७ को बजेट सार्वजनिक गर्दैछ । सातै प्रदेश सरकारले कृषि, पर्यटन, सडक, खानेपानी र रोजगारीलाई प्राथमिकतामा राखेको छ । 

उता प्रदेश सरकारले दोस्रो पटक वार्षिक बजेट सार्वजनिक गर्दैछ । संवैधानिक व्यवस्था अनुसार संघीय सरकारले दोस्रो पटक वार्षिक बजेट सार्वजनिक गर्न लागेको हो । संविधानतः संघ सरकारले जेठ १५ मा बजेट घोषणाा गरेपछि प्रदेश सरकारले असार १ मा बजेट सार्वजनिक गर्न लागेका हुन् ।

संघको बजेटले तोकेको सिलिङका आधारमा प्रदेश सरकारहरुले बजेट ल्याउन लागेको हो । यस आधारमा सातवटै प्रदेशको कूल बजेट करिब २ खर्ब ५४ अर्बको हुने अनुमान गरिएको छ । 

आइतबार अपरान्ह प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीहरुले प्रदेशसभामा बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।

प्रदेश १ सरकारले करिब ४२ अर्बको बजेट ल्याउँदै छ । चालू आर्थिक वर्षमा उसले ३५ अर्ब २ करोडको बजेट सार्वजनिक गरेको प्रदेश सरकारले आर्थिक वर्षमा ४२ अर्बको बजेट सार्वजनिक गर्न लागेको हो । 

प्रदेश २ सरकराले करिब ३५ अर्बको बजेट प्रस्तुत गर्दैछ । आर्थिक योजना मन्त्रालयले आर्थिक वर्षको लागि तयार पारेको बजेट चालू आर्थिक वर्षको तुलनामा ७ अर्ब बढी छ । 

प्रदेश ३ को सरकारले ४८ देखि ५० अर्बको बीचमा बजेट ल्याउदै छ भने गण्डकी प्रदेशले ३२ अर्बको बजेट सार्वजनिक गर्दैछ । गण्डकी प्रदेशले चालु आर्थिक वर्षमा २४ अर्बको बजेट ल्याएको थियो भने प्रदेश ३ सरकारले ३५ अर्बको बजेट ल्याएको थियो ।

प्रदेश ५ को बजेट करिब ३४ अर्बको बराबरीमा हुनेछ । चालू आर्थिक वर्षमा प्रदेश सरकारले २८ अर्बको बजेट सार्वजनिक गरेको थियो । 

त्यस्तै कर्णाली प्रदेशले ३३ अर्ब र सुदूरपश्चिम प्रदेशले २९ अर्बका बजेट प्रस्तुत गर्दैछ । कर्णालीले चालु आर्थिक वर्षमा २८ अर्बको बजेट सार्वजनिक गरेको थियो भने सुदूरपश्चिम प्रदेशले २५ अर्बको बजेट प्रस्तुत गरेको थियो । 

 

प्रतिक्रिया दिनुहोस्