विदेशी मुद्राको भाउ बढ्यो



काठमाडौं : नेपाल राष्ट्र बैंकका अनुसार आइतबार (आज) अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढेको छ ।  

नेपाल राष्ट्र बैंकले आइतबार एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ ९९ पैसा र बिक्रीदर पनि १११ रुपैयाँ ९९ पैसा नै तोकेको छ ।

आइतबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ७० पैसा र बिक्रीदर २९ रुपैयाँ ८६ पैसा छ । 

कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ५९ पैसा र बिक्रीदर ३० रुपैयाँ ७६ पैसा छ । 

यूएर्ई दिर्हामको भाउ पनि शुक्रबारको भन्दा केही पैसाले बढेको छ । आइतबार खरिददर ३० रुपैयाँ ३२ पैसा र बिक्रीदर ३० रुपैयाँ ४९ पैसा छ । 

यस्तै मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ७३ पैसा र बिक्रीदर २६ रुपैयाँ ८७ पैसा पुगेको छ । 

कोरियन वनको मूल्य पनि शुक्रबारको भन्दा थोरै पैसाले बढेको छ । १ सय वनको खरिददर ९ रुपैयाँ ४० पैसा र बिक्रीदर ९ रुपैयाँ ४६ पैसा छ । 

आइतबार कुवेती दिनार १ को खरिददर ३६६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ४४ पैसा पुगेको छ । 

यस्तै बहराइन दिनारको भाउ पनि बढेको छ । आइतबार खरिददर २९५ रुपैयाँ ५८ पैसा र खरिददर २९७ रुपैयाँ १७ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्