images

गुठी विधेयकको विरोधमा जनकपुरका साधुसन्त

घनश्याम मिश्र | प्रकाशित: २०७६-३-१ गते
गुठी विधेयकको विरोधमा जनकपुरका साधुसन्त

जनकपुरधाम : गुठी विधेयकको विरोधमा जनकपुरधाममा साधुसन्तहरुले आज (आइतबार) विरोध प्रदर्शन गरेका छन् । 

सरकारले राष्ट्रियसभा बैठकमा दर्ता गरेको गुठी विधेयक हिन्दु धर्म संस्कृतिमाथिको प्रहार भएको भन्दै विरोधमा उत्रिएका हुन् । उनीहरुले रामानन्दिय सम्प्रदायका साधुसन्तले जनकपुरमा विरोध र्याली निकालेर संघयि सरकारको विरोध गरेका हुन्। 

उनीहरुले ‘संघीय सरकार मुर्दावाद, गूठी विधेयक फिर्ता गर, केपी ओली मुर्दा वाद’ नारा लगाउँदै जिल्ला प्रशासन कार्यालय धनुषा पुगेको थिए । 

जनकपुरको तुलसी स्मारकबाट सुरु भएको र्याली जनकपुरको प्रमुख मार्ग जानकी चौक, पुरानो बाजार, जनक चौक, राम चौक, शिव चौक, कदम चौक हुँदै जिल्ला प्रशासन कार्यालय पुगेको थियो । 

धनुषाका प्रमुख जिल्ला अधिकारीलाई साधु सन्तले एक ज्ञापन पत्र समेत बुझाएका छन् ।

ज्ञापन पत्रमा ‘संघीय सरकारले गुठी विधेयक ल्याएर हिन्दू धर्म र संस्कृतिमाथि नै प्रहार गर्न लागेकोले विधेयक तत्काल फिर्ता लिन माग गर्दै त्यसो न भये यहाँका साधुसन्त कडा संघर्षमा जाने चेतावनी दिए ।’

जिल्ला प्रशासन पुगेका साधुसन्त महन्थमा जानकी मन्दिरका छोटे महन्थ राम रोशन दास बैष्णव र सुन्दर सदनका मानमहन्थ नवलकिशोर दाससहित दर्जनो रामानन्दिय सम्प्रदायका साधु महात्माहरुको उपस्थिति रहेको थियो ।


 

घनश्याम मिश्र

विशेष संवाददाता

images
images
images
सम्बन्धित समाचार

बाढी पीडितलाई सेफ द माइन्ड र सामर्थ्य नेपालद्वारा राहत वितरण

बाढी पीडितलाई सेफ द माइन्ड र सामर्थ्य नेपालद्वारा राहत वितरण

जनकपुर : सेफ द माइन्ड र सामर्थ्य नेपालले धनुषाको जनकनन्दनी गाउँपालिकाका बाढी पीडितलाई राहत वितरण गरेका छन्।..

गढीमाइका बाढी पीडितलाई नेविसंघको राहत

गढीमाइका बाढी पीडितलाई नेविसंघको राहत

बारा: नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी सङ्घले बाढी पहिरो तथा डुबान पीडितका लागि राहत वितरण गरेको छ ।..

विप्लव समूहको गतिविधि अस्पष्ट, प्रतिबन्धको निर्णय गैर राजनीतिक

विप्लव समूहको गतिविधि अस्पष्ट, प्रतिबन्धको निर्णय गैर राजनीतिक

जनकपुर : नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) का महासचिव मोहन बैद्य ‘किरण’ ले विप्लव समूहको अहिलेको ग..

प्रदेश २ को सर्वङ्गिक विकासको मूल्यांकन हुन्छ : राजकिशोर यादव

प्रदेश २ को सर्वङ्गिक विकासको मूल्यांकन हुन्छ : राजकिशोर यादव

जनकपुरधाम : राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले प्रदेश २ को सर्वङ्गिक विकासको..

तिर्थालु बोकेको पिक अप भ्यान दुर्घटना ,२९ जना घाइते

तिर्थालु बोकेको पिक अप भ्यान दुर्घटना ,२९ जना घाइते

महोत्तरी : महोत्तरीको बर्दिबासमा तिर्थालु बोकेको पिक अप भ्यान दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । भारतीय तिर्थाल..

गोली लागेको अवस्थामा बारामा एक युवकको शव फेला 

गोली लागेको अवस्थामा बारामा एक युवकको शव फेला 

वीरगन्ज : बाराको सुवर्णमा हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको छ । गाउँपालिका १ बगहीमा अज्ञात समूहको गोली..