images

निर्दयी छोराले आमालाई चौथो तल्लाबाट धकेले (हेर्नुस् भिडियो)

एजेन्सी | प्रकाशित: २०७६-३-१ गते
निर्दयी छोराले आमालाई चौथो तल्लाबाट धकेले (हेर्नुस् भिडियो)

नयाँ दिल्ली : भारतको राजकोटस्थित एक अपार्टमेन्टको चौथो तल्लाबाट छोराले आमालाई धकेलेर हत्या गरेको एक भिडियो सार्वजनिक भएको छ। राजकोटस्थित दर्शना अपार्टमेन्टको चौथो तल्लाबाट छोराले ६५ वर्षीया आमालाई धकेलेको भिडियो इन्डिया टुडे टेलिभिजनले सार्वजनिक गरेको हो।

सिसिटिभी फुटेजमा सन्दिप नाम गरेका ती युवकले आमालाई आफु बस्दै आएको अपार्टमेन्टबाट बाहिर निकालेर लिफ्टसम्म लगेको प्रष्टरुपमा देखिन्छ। सन्दिपले छतमा जाँदा आमालाईसँगै लिएर जान्छन् र केहिबेर पछि एक्लै फर्किन्छन्।

उ कोठामा पुगेको केही बेरमै एक युवक उनको अपार्टमेन्टमा आएर आमाले छतबाट खसेर आत्मा हत्या गरेको कुरा सुनाउँछन्। उनले नाटक गरेर आमा खसेको ठाउँमा जान्छन्।

सुरुमा राजकोट प्रहरीले पनि आत्महत्या गरेको पुष्टि गर्‍यो। तर, पछि राजकोट प्रहरीले अनुसन्धानका क्रममा ती ६४ वर्षीया महिलाको हत्या भएको बताए। प्रहरीले भने, ‘महिलालाई हिँडडुल गर्न अरूको सहारा चाहिने रहेछ।’ महिलाको हत्या भएको दिनको फुटेज हेर्दा उनले आत्महत्या नभई छोराले छतबाट खसालेको प्रहरीले जानकारी दिए।

आमाको हत्याको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ।यस घटनाबारे थप अनुसन्धान भइरहेको राजकोट प्रहरीले जनाएको छ।
 

 

 

images
images
images
सम्बन्धित समाचार

परस्त्रीगमनको आशंकामा श्रीमतीले ढोका थुनिन, भाग्नेक्रममा श्रीमानको ज्यान गयो

परस्त्रीगमनको आशंकामा श्रीमतीले ढोका थुनिन, भाग्नेक्रममा श्रीमानको ज्यान गयो

बुटवल : आइतबार बिहान गुल्मीको मुसिकोट नगरपालिकामा एक जना पुरुषको घरको झ्यालबाट हाम्फाल्ने क्रममा लडेर ज्यान गए..

‘गुन्डा नाइके’ निमा भनिने राजेन्द्र लामा पक्राउ

‘गुन्डा नाइके’ निमा भनिने राजेन्द्र लामा पक्राउ

काठमाडौं: गुन्डा नाइके निमा भनिने राजेन्द्र लामा कोटेश्वरबाट पक्राउ परेका छन् । कोटेश्वर र जडीबुटी क्षेत्रमा व..

राजधानीमा बसभित्रै यसरी लुटिए यात्रु

राजधानीमा बसभित्रै यसरी लुटिए यात्रु

काठमाडौं : कलंकीबाट ललितपुर बालकुमारीतर्फ बा.४ ख ८६४८ नम्बरको बसमा जाने क्रममा ललितपुर महालक्ष्मी नगरपालिका-१४..

काठमाडौँमा अनौठा प्रकृतिका अपराधहरु देखिन थालेपछि...

काठमाडौँमा अनौठा प्रकृतिका अपराधहरु देखिन थालेपछि...

हालसालै काठमाडौँको डल्लुुलगायत केही स्थानमा अनौठो प्रकृतिको दुुई घटना भए । एक युवतीलाई किला घोप्ने र अर्को युवतीलाई..

बलात्कार पीडितको यो कठिन दृश्य कसरी गरियो सुटिङ ? हिरोइनले आफैं बताइन्

बलात्कार पीडितको यो कठिन दृश्य कसरी गरियो सुटिङ ? हिरोइनले आफैं बताइन्

काठमाडौं : दक्षिण भारतीय अभिनेत्री अमाला पल अहिले आफ्नो फिल्म आदाइका कारण चर्चामा छिन्। यो फिल्ममा आमालाले एक..

जवरजस्ती करणी अभियोगमा एक पक्राउ

जवरजस्ती करणी अभियोगमा एक पक्राउ

इलाम : प्रहरीले जवरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका ६ का ३१..