कर्णाली प्रदेशको बजेट ३४ अर्ब ३५ करोड, के छ बजेटमा ? (पूर्णपाठसहित )



सुर्खेत : कर्णाली प्रदेशले ३४ अर्ब ३५ करोड, ३४ लाख २५ हजारको बजेट सार्वजनिक गरेको छ। प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले आइतबार प्रदेशसभा बैठकमा आर्थिक वर्ष २०७६–७७ का लागि बजेट पेश गरेका हुन्।

चालू खर्चतर्फ १३ अर्ब ५ करोड ९६ लाख ५३ हजार र पूँजीगततर्फ २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार विनियोजन गरिएको छ। बजेटको स्रोतमध्ये आन्तरिक राजश्व २५ करोड १० लाख ४१ हजार उठाउने लक्ष्य छ भने चालू बजेटमा खर्च नभएको ८ अर्ब ९४ करोड ७४ लाख ८४ हजार छ।

यस्तै संघीय सरकारबाट राजश्व बाँडफाँटबाट प्राप्त हुने ७ अर्ब ४४ करोड ४३ लाख, प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँटबाट आउने २ करोड ७४ लाख र सशर्त अनुदानबाट ५ अर्ब २७ करोड २७ लाख छ। समपुरक र विषेश अनुदानबाट १ अर्ब ८१ करोड २२ लाख अनुदान प्राप्त हुनेछ भने नपुथ ७५ करोड आन्तरिक ऋणबाट जुटाइनेछ।

हेर्नुस् पूर्णपाठ

प्रतिक्रिया दिनुहोस्