गण्डकी प्रदेशको बजेट ३२ अर्ब १३ करोड (पूर्णपाठ)



पोखरा : गण्डकी प्रदेशले आर्थिक वर्ष २०७६/०७७ को बजेट प्रस्तुत गरेको छ। प्रदेशसभा बैठकमा आइतबार आर्थिक मामिलामन्त्री किरण गुरुङले ३२ अर्ब १३ करोडको बजेट प्रस्तुत गरेका हुन्।

चालु खर्चतर्फ १२ अर्ब २८ करोड ९० लाख र पुँजीगततर्फ १९ अर्ब ८४ करोड ९० विनियोजन गरिएको छ। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ६ अर्ब ७३ करोड रुपैयाँको न्यून बजेट पेश गरेको छ।

न्यून बजेट मध्ये ४ अर्ब ४० करोड चालु आर्थिक वर्षको असार मसान्तसम्म खर्च हुन नसकेर बाँकी रहेको रकमबाट बेहोर्ने योजना रहेको अर्थमन्त्री गुरुङले बताए। बाँकी रकम आन्तरिक ऋण र नेपाल सरकारबाट माग गर्ने योजना छ।

गण्डकी प्रदेश सरकारले अन्य अञ्चल तथा प्रदेशमा दर्ता भएको सवारी साधन अञ्चलीकरण गरी गण्डकी प्रदेशमा दर्ता गर्न ल्याएमा लाग्ने दर्ता शुल्कमा २५ प्रतिशत छुट दिने र भन्सार विन्दुबाट सिधै गण्डकी प्रदेशमा सवारी दर्ता गरेमा पनि २५ प्रतिशत छुट दिने घोषणा गरेको छ।

त्यसैगरी रोडा, ढुंगा, बालुवा, चुनढुंगा, दहत्तर, बहत्तर लगायतका वस्तुमा लाग्ने शुल्कबाट उठेको रकममध्ये ४० प्रतिशत सम्बन्धित स्थानीय निकायलाई दिने नीति पनि ल्याएको छ।

प्रदेश विकास प्राधिकरण गठन गर्ने, बिदा पर्यटनको अवधारणा अनुसारका कार्यक्रम सञ्चालन गर्ने, गण्डकी प्रदेश कर्मचारी व्यवस्थापन सूचना प्रणाली स्थापना गर्ने, प्रदेश अनुसन्धान ब्यूरो गठन गर्ने जनाएको छ।

त्यसैगरी हेलो मुख्यमन्त्री कार्यक्रमलाई स्थानीय तहसम्म विस्तार गर्ने, गोर्खाको लिगलिगकोटमा ऐतिहाँसिक संग्रहालय निर्माण गर्ने, प्रदेश खेलकुद एकेडेमी लगायतका कार्यक्रमसहितको बजेट विनियोजन गरेको छ ।

हेर्नुस् पूर्णपाठ

प्रतिक्रिया दिनुहोस्