प्रदेश–१ को बजेट ४२ अर्ब २० करोड बढी (पूर्णपाठसहित )



विराटनगर : प्रदेश–१ ले ४२ अर्ब २० करोड, ४ लाख १२ हजारको बजेट ल्याएको छ। प्रदेशका आर्थिक मामिलामन्त्री इन्द्र आङ्बो ‘मौसम’ले आइतबार प्रदेशसभा बैठकमा आर्थिक वर्ष २०७६–७७ का लागि सो बजेट पेश गरेका हुन्।

बजेटमा चालू खर्चतर्फ १८ अर्ब २० करोड ४ लाख १२ हजार र पूँजीगततर्फ २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार विनियोजन गरिएको छ। अन्तर सरकारी हस्तान्तरणका लागि ९९ करोड ९९ लाख ९८ हजार छुट्याइएको छ।

बजेटको स्रोतमध्ये आन्तरिक राजश्व ३ अर्ब ८६ करोड उठाउने लक्ष्य छ भने राजश्व बाँडफाँटबाट प्राप्त हुने १० अर्ब ५२ करोड, अनुदानबाट २१ अर्ब २१ करोड व्यहोरिनेछ भने चालू आर्थिक वर्षको खर्च हुन नसकेको बजेट ६ अर्ब ६१ करोड रहने पूर्वानुमान छ।

हेर्नुस् पूर्णपाठ

प्रतिक्रिया दिनुहोस्