कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै प्रदेश–५ ले ल्यायो ३६ अर्ब ४१ करोडको बजेट, हेर्नुस् पूर्णपाठ



काठमाडौं : प्रदेश–५ सरकारले आर्थिक वर्ष २०७६–७७ का लागि ३६ अर्ब ४१ करोड ६८ लाखको बजेट प्रस्तुत गरेको छ। प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभा बैठकमा कृषि, पर्यटन र पूर्वाधार विकासलाई मूख्य प्राथमिकतामा राख्दै बजेट प्रस्तुत गरेका छन्।

प्रदेशमा चालुतर्फ १३ अर्ब ४५ करोड ५ लाख र पूँजीगततर्फ १८ अर्ब ५७ करोड ६४ लाख बजेट विनियोजन गरिएको छ। बजेटको स्रोतमध्ये आन्तरिक राजस्व ४ अर्ब ५९ करोड ४० लाख उठाउने लक्ष्य लिइउको छ।

राजस्व बाँडफाँटवाट ९ अर्व ९१ करोड २३ लाख, रोयल्टी बाँडफाँटबाट ३० करोड, वित्तीय समानीकरण अनुदानबाट ७ अर्व ५४ करोड १ लाख, सशर्त अनुदानबाट ७ अर्व ७७ करोड ४ लाख, समपूरक अनुदानवाट ८० करोड र विशेष अनुदानबाट ५० करोड रहने बजेटमा अनुमान गरिएको छ। गत वर्ष यस प्रदेशको बजेट २८ अर्ब ९ करोडको थियो। 

हेर्नुस् पूर्णपाठ

प्रतिक्रिया दिनुहोस्