लागू औषधसहित ६ जना पक्राउ 



म्याग्दी : म्याग्दी सदरमुकाम बेनीमा प्रहरीले लागू औषधसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई जना युवती समेत रहेका छन्।

पक्राउ पर्नेमा न्यूरोडकी रेजिना श्रेष्ठ, रघुगंगा गाउँपालिका–१ बेगका २१ वर्षिय निखिल फगामी, मंगला गाउँपालिका–३ वरंजाकी २२ वर्षिया सीता केसी, बेनपा–९ गलेश्वरका २१ वर्षिय प्रविण छन्त्याल, बेनपा–८ का २८ वर्षिय विजय बानियाँ र रघुगंगा–६ घरभई हाल बेनपा–७ मंगलाघाट बस्ने प्रविण छन्त्याल रहेका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले जानकारी दिए।

शनिवार साँझ पक्राउ गरेका उनीहरूलाई प्रहरीले आइतबार साँझ मात्र सार्वजनिक गरेको हो। प्रहरीले पक्राउ परेका व्यक्तिहरूबाट ८६ सेट डाइजापाम, फेनेरागन, नुर्फिनसमेत बरामद गरेको छ। थप अनुसन्धानका लागि १० दिनको म्याग्द थप गरिएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्