प्रदेश–२ को बजेट ३८ अर्ब, ७२ करोड, कुन क्षेत्रमा कति बजेट ? (पूर्णपाठ)



जनकपुरधाम : प्रदेश–२ ले आर्थिक वर्ष २०७६–०७७ का लागि ३८ अर्ब, ७२ करोड, ५६ लाख, ६१ हजारको बजेट आइतबार प्रस्तुत गरेको छ। प्रदेश संसदमा आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले प्रस्तुत गरेको बजेटमा पूँजीगत तर्फ १९ अर्ब २६ करोड ५४ लाख ६४ हजार (५० दशमलव १९प्रतिशत) र चालूतर्फ १९ अर्ब ११ करोड ९७ लाख ३८ हजार (४९ दशमलव ८१ प्रतिशत) रहेको छ।

प्रस्तुत बजेटमा कृषितर्फ प्रधानमन्त्री कृषि कार्यक्रमका लागि ४० करोड, मुख्यमन्त्री कृषि कार्यक्रमका लागि २० करोड, प्रदेशका सबै आठ जिल्लामा शित भण्डार निर्माणका लागि ४० करोड, कृषि सुपरजोन कार्यक्रमका लागि १० करोड, कृषि व्यावसायिक व्यवस्थापनका लागि ५ करोड, कृषि कारखाना तथा जैविक मल उद्योगका लागि २ करोड र ‘खेतखेतमा पानी हातहातमा काम’का लागि १ अर्ब ११ करोड बजेट विनियोजन गरेको छ।

त्यसैगरी नदी नियन्त्रण तथा वृक्षारोपणका लागि ३ करोड, जनता आवासका लागि १ अर्ब ३८ करोड ७० लाख छुट्याएको छ। जनकपुर अञ्चल अस्पताललाई प्रादेशिक अस्पतालमा विकास गर्न २३ करोड, हरेक जिल्लामा प्रादेशिक नमुना साुमदायिक विद्यालय व्यवस्थापनका लागि १६ करोड विनियोजन भएको छ।

बजेटले कृषि, स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधारमा जोड दिएको छ। पानी पूर्णभरणका लागी ५ करोड, वन क्षेत्रको विकाश तथा जलाधार संरक्षण व्यवस्थापन गर्न नेपाल सरकारसंग सहकार्य गर्न कार्यक्रम संचालनका लागि १२ करोड ९५ लाख, वातावण संरक्षण गर्न १ करोड ४७ लाख र सिमसार क्षेत्र संरक्षणको लागि १० करोड विनियोजन गरिएको छ।

हेर्नुस् पूर्णपाठ

प्रतिक्रिया दिनुहोस्