सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो पत्रकारका लागी ५ लाखको जीवन बीमा 



कैलाली : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७६/०७७ का लागि २८ अर्ब १६ करोडको बजेट आइतबार प्रदेशसभामा प्रस्तुत गरेको छ। बजेटमा प्रदेशका कृषि, पर्यटन र पुर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेको छ।

प्रदेश सरकारले क्रियाशिल पत्रकारका लागी मापदण्डमा आधारीत भई आगामी वर्षका लागी पाँच लाखसम्मको दुर्घटना बीमाको व्यवस्था गरेको छ। यस्तै बढ्दो सामाजीक सञ्जालको दुरुपयोगलाई नियन्त्रण गर्न प्रदेशभर व्यापक रुपमा सचेतना कार्यक्रम सञ्चालनको लागी प्रदेश सरकारले बजेट विनियोजन गरेको छ।

आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहराले प्रदेशसभा बैठकमा २८ अर्ब १६ करोड २० लाख ३५ हजार बराबरको बजेट प्रस्तुत गरेका छन्। जसमा चालुतर्फ १२ अर्ब ५७ करोड २६ लाख र पूँजीगततर्फ १३ अर्ब ६ करोड ४६ लाख बजेट विजियोजन गरिएको छ। गतवर्ष प्रदेश सरकारले २५ अर्ब रुपैयाँको बजेट ल्याएको थियो।

प्रतिक्रिया दिनुहोस्