घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य



काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमनले मूल्य घटाएको हो । 

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य घटाइएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

अब नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १ सय ८ रुपैयाँ, डिजेल ९६ रुपैयाँ ५० पैसा र मट्टिलेलको मूल्य प्रतिलिटर ९६ रुपैयाँ ५० पैसा कायम भएको छ।

भारतबाट आएको नयाँ सूचीका आधारमा मूल्य समायोजन गरेको निगमले जानकारी दिएको छ।

हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको मूल्य भने समायोजन नभएको निगमले बताएको छ । 

 

 

प्रतिक्रिया दिनुहोस्