प्रदेश २ को बजेट परम्परागत : प्रतिपक्ष भन्छन्, ‘चालू र विकासको हाराहारीमा भएको यो राम्रो संकेत होइन्’



जनकपुरधाम : प्रदेश २ सरकारले ल्याएको बजेटलाई प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले परम्परागत बजेटको संज्ञा दिएको छ ।

सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले आइतबार प्रस्तुत गरेका प्रदेशको राजस्व र व्ययको अनुमानलाई नेकपाका प्रमुख सचेतक सुन्दर बहादुर विश्वकर्माले परम्परागत ढांचाको बजेट रहेको बताएका हुन् । 

‘यो बजेट परकम्परागत नै छ, चालू र विकास खर्च हाराहारीमा भएकोले गर्दा यो राम्रो संकेत होइन् ।’उनले सञ्चकर्मीको एक जिज्ञासामा भने, ‘प्रदेशको शिक्षाको अवस्था हेर्नुस् र बजेटलाई हेर्नुस् विल्कुल न्यून बजेट शिक्षामा छ ।’

सकरकारले ल्याएको बजेट दलितमैत्री न रहेको तर्क गर्दै उनले भने , ‘प्रदेशमा १८ प्रतिशत दलित रहेको जगजाहिर छ तर बजेट विनियोजन गर्दा दलितसँग विभेद भएको छ ।’

सरकारले यसअघि हिन्दी भाषालाई प्रताथमिकता न दिने भनेको जिकिर गर्दै प्रमुख सचेतक विश्वकर्माको तर्क छ, बजेट भाषण हुँदा अर्थ मन्त्रीजीले हिन्दी भाषाको नाराहरुलाई समेत बजेटमा उल्लेख गरिएको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिपक्ष नेपाली कांग्रेसका संसदीय दलका नेता प्रदेश सभाका सदस्य राम सरोज यादवले बजेट उत्पादकत्वलाई प्राथमिकता न दिएको टिप्पणी गरेका छन् । यादवले सरकारले ल्याएको बजेटमा चूरे क्षेत्रलाई जति महत्व  दिनुपर्ने त्यो नदिएको आरोप लगाएका छन् । उनले भने, सरकारले कृषिको कुरा गर्छ । तर, चूरे संरक्षण नभए मरुभूमि हुने निश्चित भएको हुँदा बजेटमा नाम मात्रको लागि चूरेमा बजेट विनियोजन भयो । 

संसदलाई तीन करोड दिएको छ नि पत्रकारको  एक प्रश्नमा उनले भने, ‘म सधै मिटिङ्गमा भनेको कसैलाई एक रुपैयाँ न दिनुस् गएर सोधनुस् ।राजपा नेपालका सचेतक परमेश्वर साहले बजेट समग्रमा राम्रो रहेको बताएका छन् । 

बजेटले प्रदेश २ को कृषि, पर्यटन र उद्योगलाई प्रताहमिकतामा राखेको प्रति खुशी व्यक्त गरेका छन् । उनले भने बजेटमा भौतिक पूर्वाधार र स्वास्थ्यबारे राम्रो बोलेका छन् । 

जनकपुर अञ्चल असप्ताललाई प्रादेशिक अस्पताल बनाउने भनेको छ र रकम छुट्याएको जिकिर गर्दै साहले सडक र यातायातबारे समेत बजेटले बोलेकोले राम्रो संकेत रहेको बताएका छन् । 

नीति आयोगका एक सदस्य डाक्टर सुरेन्द्र झाले सरकारको बजेटबारे मिश्रित प्रतिक्रिया दिएका छन् । उनले सरकारले प्रस्तुत गरेको बजेट राम्रो रहेको तर्क गरे । नीति आयोगले दिएको सुझाव र सल्लाह समेटिएको बताए । झाले भने, ‘बजेट त आयो अब नीति कार्यक्रमले जे भनेको छ त्यस अनुरूप व्यवहारमा कार्यावयन हुने वा न हुने प्रमुख विषय रहेको छ ।

बजेट : प्रदेश २

प्रदेश २ ले आगामी आर्थिक वर्ष २०७६–०७७ का लागि ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट आइतबार प्रस्तुत गरेको छ ।

प्रदेश संसदमा आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले प्रस्तुत गरेको बजेटमा पूँजीगत तर्फ १९ अर्ब २६ करोड ५४ लाख ६४ हजार (५० दशमलव १९प्रतिशत) र चालु तर्फ १९ अर्ब ११ करोड ९७ लाख ३८ हजार (४९ दशमलव ८१ प्रतिशत) रहेको छ ।

प्रदेश २ मा कृषिलाई प्राथमिकता

प्रदेश नं २ ले सिंचाईका विभिन्न योजनामा रकम छुट्याउँदै कृषिलाई बजेटमा प्राथमिकता दिएको छ । ३८ अर्ब ७२ करोड ५६ लाखको बजेट ल्याएको सरकारले मुख्यमन्त्री किसान उत्थान आयोजनामार्फत कृषिमा व्यवसायीकरणको घोषणा गरेको छ ।

बजेटमा कृषिसँगै शिक्षा, स्वास्थ्य, पर्यटन र भौतिक पूर्वाधारमा पनि पर्याप्त बजेट छुट्याइएको छ । ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानका लागि ३९ करोड बजेट छुट्याएको प्रदेश सरकारले सिंचाई आयोजनाहरुका लागि १ अर्ब ११ करोड बजेट विनियोजन गरेको छ ।

प्रदेश २ ले ‘स्नेक ह्याचरी’ स्थापनाको कार्यक्रम पनि ल्याएको छ । सर्पदंशको उपचारको लागि औषधी बनाउन सर्पको विष संकलन, प्रशोधन र उत्पादन गर्न १४ करोड ७१ लाख विनियोजन गरिएको छ ।

सार्वजनिक स्थलको संरक्षण र सौन्दर्यकरणलाई पनि प्राथमिकतामा राखिएको छ । यसका लागि ३१ करोड ३३ लाख बजेट छुट्याइएको छ । ‘एक पालिका एक पोखरी सौन्दर्यकरण’ कार्यक्रम पनि बजेटमा समावेश गरिएको छ । कृषि, पशुपन्छी र मत्स्य विकास कोषका लागि १४ करोड बजेट विनियोजन गरिएको छ । बजेटले २ सय मेगावाटको सौर्य ऊर्जाको प्लान्टहरु स्थापना गर्ने घोषणा पनि गरेको छ ।

प्रदेशस्तरबाट एक करोडभन्दा कमको भौतिक पूर्वाधारको कार्यक्रम नल्याउने नीति पनि बजेटमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्