कुवेती दिनार बाहेक सबै विदेशी मुद्राको भाउ घट्यो 



काठमाडौं : नेपाल राष्ट्र बैंकले आज सोमबार एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ ३९ पैसा र बिक्रीदर पनि १११ रुपैयाँ ९९ पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ७० पैसा र बिक्रीदर २९ रुपैयाँ ८६ पैसा छ । कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ५९ पैसा र बिक्रीदर ३० रुपैयाँ ७६ पैसा छ । 

यस्तै मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ७३ पैसा र बिक्रीदर २६ रुपैयाँ ८७ पैसा छ । कोरियन वन १ सय वनको खरिददर ९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९ रुपैयाँ ४४ पैसा छ । हिजो १ सय वनको खरिददर ९ रुपैयाँ ४० पैसा र बिक्रीदर ९ रुपैयाँ ४६ पैसा थियो । सोमबार कुवेती दिनारको भाउ केही बढेको छ भने बहराइन दिनारको भाउ घटेको छ ।

कुवेती दिनार १ को खरिददर ३६६ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ६२ पैसा पुगेको छ । आज बहराइन दिनारको खरिददर २९५ रुपैयाँ ४६ पैसा र खरिददर २९७ रुपैयाँ ०५ पैसा छ । 

 

प्रतिक्रिया दिनुहोस्