टिकटक भिडियो बनाउन लुटियो मोबाइल



काठमाडौं : भारतको नयाँ दिल्लीमा एक व्यक्तिले टिकटक भिडियो बनाउनका लागि आईफोन चोरेका छन् । उनलाई शानदार टिकटक भिडियो बनाउन मन लागेपछि राम्रो फोनको खोजी गरिरहेका थिए । पैसा कमाउनका लागि उनी सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्ने गर्थे ।

आरोपितले अन्लाइन मार्फत एक व्यक्तिसँग आईफोनको डील बूक गरे । डील ८० हजार भारुमा निश्चित भएको थियो । आरोपितसँग त्यति धेरै पैसा थिएन त्यसैले उनी डील गरिएको मानिसकहाँ पुगे र मोबाइल लुटेर बाइकबाट फरार भए । लुटिएको व्यक्तिले प्रहरीसमक्ष उजुरी गरेपछि प्रहरीले शनिवार आरोपितलाई पक्राउ गर्‍यो । आरोपितको नाम जतिन नागर हो ।

डीसीपी जसमित सिंहका अनुसार, प्रीत विहार प्रहरी चौकीमा जतिन छाबडाले आईफोन एक्स लुटिएको उजुरी गरेका थिए । प्रहरीले अनुसन्धानपछि शनिवार आरोपितलाई विकास मार्गमा पक्राउ गर्‍यो । लुटेको मोबाइल समेत उनी पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्