जनकपुरमा तीन दिने योग दिवसको आयोजना हुने



जनकपुरधाम : पाँचौ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यस पटक जनकपुरमा तीन दिवसिय कार्यक्रमको आयोजना गरिो भएको छ । असार ४ गते बुधवारदेखी असार ६ गते तीन दिनसम्म पाँचौ अन्तर्राष्ट्रि योग दिवस मनाइने भएको हो । 

जानकी मन्दिरको परिसरमा आयोजना हुने उक्त योग शिविरमा नेपाल सरकारका उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादव, नेपालका लागि भारतीय राजदूत मन्दिप पुरी, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रीहरु, सांसद, योग गुरु, विभिन्न संघसंस्थाको सहभागिहरु रहने प्रदेश २ सांसद  कौशल यादवले द नेपालटपलाई बताए । 

४ गतेदेखि सुरु हुने तीन दिवसिय योग शिविरको पहिलो दिन ६ बजे जानकी मन्दिर परिसरबाट प्रभातफेरी समेत निकालने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्