तराईमा अधिकांश जग्गा चाैधरीका नाममा छन्, ती सबै भारतीय हुन् : सांसद ज्ञवाली



काठमाडौं : सत्तारुढ नेकपाकी सांसद राधाकुमारी ज्ञवालीले तराईका अधिकांश जग्गाका मालिक भारतीय रहेको बताएकी छन्। ‘तराईका हजारौं बिघा जमिन चौधरीहरुको नाममा रहेको भन्दै उनले ती सबै भारतीय भएको आरोप लगाइन्।  

सोमबार संसदको कृषि तथा सहकारी तथा प्रकृतिक श्रोत समितिमा ज्ञवालीले प्रश्न गरिन्, ‘अनागरिकलाई हाम्रो देशको जग्गाको मालिक हुन पाउने अधिकार हुन्छ कि हुन्न ? उनीहरुको नेपाली नागरिकता अहिलेसम्म छैन।’ विदेशीका नाममा रहेको जग्गा नेपाल सरकारको वा जोतभोग गरिरहेका नेपाली नागरिकको नाममा ल्याउनुपर्नेमा उनले जोड दिइन्। 

सबै जग्गाहरुलाई एकीकृत गरी सहकारीको मोडलमा गएर जग्गाको उपभोग गर्नेतर्फ सोच्नुपर्नेमा ज्ञवालीले जोड दिइन्। ऐलानी जग्गा उपभोग गर्दै आएकाहरुको हकमा पनि बसोबासको व्यवस्था गरी बाँकी जग्गा सहकारीकै मोडलमा लगेर उत्पादन बढाउनेतर्फ ख्याल गर्नुपर्ने उनले बताइन्।

प्रतिक्रिया दिनुहोस्