बझाङ जिप दुर्घटना : जिपमा सवार सबैकाे निधन !



बझाङ : जिप दुर्घटनामा परी जिपमा सवार सबैकाे निधन भएकाे खबर प्राप्त भएकाे छ। 

आज दिउँसाे भएकाे सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको से१ज १०७२ नम्बरको जिप मष्टा गाउँपालिका वडा नम्बर १ डौठी भन्ने ठाँउमा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

जिपमा कतिजना सवार थिए भन्ने यकिन जानकारी नआए पनि घटनास्थलमा खटिएका वडा प्रहरी कार्यालयका सइ माहानन्द जोशीले दुर्घटनामा सबैकाे ज्यान गएकाे हुन सक्ने बताएका छन्। 

अफ्ठ्यारो ठाँउमा खसेको र मान्छेसमेत जान नसक्ने भएका कारण प्रहरी बाटाे बनाउँदै उद्धार गएकाे खबर त्यहाँस्थित हाम्रा संवाददाताले जनाएका छन्। 

अहिलेसम्म ८ जनाको शव फेला परेको प्रहरीले जनाएकाे छ। जिप भिरमा अड्किएको अवस्थामा छ। घटनाको विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्