बझाङ जिप दुर्घटना : ९ जनाकाे शव फेला



बझाङ : जिप दुर्घटनामा परी ९ जनाकाे निधन भएकाे खबर प्राप्त भएकाे छ । सडकबाट जिप पाँच सय मिटर खसेकाे प्रहरीले जनाएकाे छ ।  पानी परिरहेकाले उद्धारमा कठिनाइ भएकाे छ । घटनास्थलमा प्रहरी पुगेकाे छ। जिपमा कति जना थिए भन्ने अझै टुंगाे लागेकाे छैन। सवार सबैकाे निधन भएकाे खबर प्राप्त भएकाे छ। 

आज दिउँसाे भएकाे सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको से१ज १०७२ नम्बरको जिप मष्टा गाउँपालिका वडा नम्बर १ डौठी भन्ने ठाँउमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा खटिएका वडा प्रहरी कार्यालयका सइ माहानन्द जोशीले दुर्घटनामा सबैकाे ज्यान गएकाे हुन सक्ने बताएका छन्। अफ्ठ्यारो ठाँउमा खसेको र मान्छेसमेत जान नसक्ने भएका कारण प्रहरी बाटाे बनाउँदै उद्धार गएकाे खबर त्यहाँस्थित हाम्रा संवाददाताले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्