हरेक फिल्ममा शाहिदकाे लुक्स फेरिनुकाे यस्ताे छ रहस्य



मुम्बई : बलिउड अभिनेता शादिद कपुर अहिले फिल्म ‘कवीर सिंह’ का कारण चर्चामा छन्। हालै उनी आफ्नो फिल्मको प्रचारका लागि भारतीय टीभी ‘कपिल शर्मा शो’ मा पुगेका थिए। उक्त शोका दौरान उनले आफ्ना हरेक फिल्ममा आफू नयाँ लुक्समा आउने वास्तविकता खुलाएका थिए।  

Image result for kabir singh poster

शोमा शर्माले शाहिद कपुरसँग सोधे, 'किन तपाईंले हरेक फिल्ममा आफ्नो हेयर स्टाइल चेन्ज गर्नुहुन्छ? यसको जवाफमा शाहिदले भने, ‘एकपटक मेरा पिता (पंकज कपुर) ले यो सुझाव दिनुभएको थियो कि, हरेक फिल्ममा नयाँ लुक्स प्रयोग गर्नुपर्छ, यही कारण मैले हरेक फिल्ममा नयाँ हेयर स्टाइल बनाउँछु ।’

Related image

साथै उनले आफ्ना बाबुले वंशानुगत गुणका कारण ४० कटेपछि कपाल झर्न सक्ने समस्या आउन सक्ने पनि बताए। उनले आफू छोटो उमेरमै अभिनेता बनेकोमा बुबा निकै खुसी भएको पनि उनले खुलाए।

Related image

‘मलाई बुबाले सधै राम्रो गर्नका लागि प्रेरित गरिरहनुहुन्छ,’ उनले भने। जुनमा रिलिज हुने शाहिदको फिल्म ‘कवीर सिंह’ दक्षिण भारतीय फिल्म अर्जुन रेड्डीको रिमेक हो। पछिल्लो समय यो फिल्मको राम्रै चर्चा छ ।

Image result for kabir singh poster

प्रतिक्रिया दिनुहोस्