दोस्रो हरिवन मेयर कप फुटबल प्रतियोगिता हुँदै



हरिवन : हरिवन नगरपालिकामा दोस्रो हरिवन मेयर कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ‘स्वास्थ्यका लागि लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, हाम्रो हरिवन राम्रो हरिवन भन्ने मुल नाराका साथ हुन लागेको प्रतियोगितामा प्रदेश २ का जिल्लास्तरीय टिमको सहभागिता हुने आयोजकले बताएको छ।

खेलाडी र खेलको र संरक्षण गर्ने दायित्व स्थानीय सरकारको भएकाले खेलकुद आयोजना गर्न लागिएको हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाईले बताएका छन्।

खेलमा प्रथम हुने टिमलाई १ लाख ५० हजार र द्वितीय हुनेलाई ७५ हजार रुपैयाँको पुरस्कारको व्यवस्था मिलाइएको आयोजकले बताएको छ। खेलमा उत्कृष्ट टिम र खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको आयोजक हरिवन नगरपालिकाले जनाएको छ। खेल असार ९ गतेदेखि हुने छ।

प्रतिक्रिया दिनुहोस्