बझाङ जिप दुर्घटना अपडेट : आठ जनाकाे सनाखत



बझाङ : बझाङमा भएको जिप दुर्घटनामा परी ज्यान गुमाएका ९ मध्ये ८ जनाकाे सनाखत भएको छ।

जिल्ला सदरमुकाम चैनपुरको डुङग्रीबाट मष्टा जाँदै गरेको से१ज १०७२ नम्बरको जिप डौठी भन्ने स्थानमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको थियो भने ४ जना गम्भीर घाइते भएका थिए।

दुर्घटनामा मृत्यु हुनेमा मष्टा गाँउपालिका १ का कलकबहादुर खड्का, उनका एक छोरा, सोही ठाउँका जुनधारा खड्का, नैन खड्का, धौली खड्का, जुना खड्का, भक्त द्धाल, चालक सुरेन्द्र थापा र लक्ष्मी द्धाल रहेका वडा प्रहरी कार्यालय चैनपुरका प्रहरी नायब निरीक्षक महानन्द जोशीले जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस्