माहानायक हमालद्वारा ‘प्रेम गीत ३’ मा राजाको भूमिका अस्विकार



काठमाडौं : माहानायक राजेश हमालले ‘प्रेम गीत ३’ मा अभिनय नगर्ने भएका छन् । केहि समयअघि हमालले यो फिल्मबाट नेपाली फिल्म क्षेत्रमा कमब्याक गर्ने बताइएको थियो । तर, अन्तिम समयमा आएर हमालले फिल्ममा काम नगर्ने बताएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए ।

निर्माता सेनले भने, ‘पहिले उहाँले फिल्ममा काम गर्ने इच्छा देखाउनुभएको थियो, पक्का भने भएको थिएन, तर आइतबार हामीले अन्तिम छलफल गर्दा समय मिलाउन नसकेको भन्दै फिल्म नखेल्ने बताउनुभयो ।’

राजेश हमालले छोडे ‘प्रेम गीत ३’ मा राजाको भूमिका

स्रोतका अनुसार यो फिल्ममा हमाललाई राजाको भूमिकाको लागि प्रस्ताब गरिएको थियो । निर्माता सेनले हमालले यो फिल्म छोड्नुमा शायद छोटो भूमिका रहेकाे दाबी गरे । सेनले उक्त भूमिकाका लागि नयाँ कलाकारको खोजी भइरहेको जानकारी दिए ।

फिल्म क्षेत्रमा नदेखिए पनि हमाल पछिल्लो समय ब्यस्त नै छन् । हालै ‘को बन्छ करोडपति’ मा देखिएका हमालले फिल्ममा भने अभिनय गरेका छैनन् ।

Image result for rajesh hamal jentalman looks

चलचित्र ‘प्रेम गीत ३’ मा प्रदीप खड्का र मनिष राउतको शीर्ष भूमिका रहनेछ । यस्तै फिल्ममा नयाँ नायिका चयनका लागि अडिसन भइरहेको छ । छायांकनमा जानुपूर्व नै यो फिल्म नयाँ वर्षको अवसर पारेर चैत्र २८ मा रिलिज हुने घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्