सडेको अवस्थामा युवकको शव फेला 



मोरङ : जिल्लाको पथरी शनिश्चरे नगरपालिकामा सडेको अवस्थामा एक युवकको शव फेला परेको छ। पथरी शनिश्चरे नगरपालिका–२ मा रहेको सुन्दर सामुदायिक वनको गेट नजिकै सडेको अवस्थामा सोमबार बिहान शव भेटिएको हो।

शव भेटिएपछि अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पथरीको टोली पुगेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए।

शव पुरानो भएका कारण पहिचान गर्न कठिनाइ भएको प्रहरीले जनाएको छ। रातो टिसर्ट लगाएको र पेन्ट आधा खोलिएको अवस्थामा भेटिएको शव सडिएर गन्ध आएपछि स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए।

प्रतिक्रिया दिनुहोस्