बाेल्ड साम्राज्ञीको विकिनी अवतार



काठमाडाैं : नेपाली फिल्मका कलाकारहरु अहिले हट पहिरन लगाउन कुनै संकोच मान्दैनन् । झन्, समुन्द्री तटमा पुगेपछि त कलाकारको जवानी छल्कन समय लाग्दैन । अष्ट्रेलिया भ्रमणको समयमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले लगाएको विकिनी तस्बिरले नेपाली मिडियामा उच्च स्थान पाएकाे छ ।

उनले निसंकोच समुन्द्रमा विकिनी लगाएर मस्ती गरिन् । साम्राज्ञी पहिलो पटक यसरी विकिनीमा प्रस्तुत भएकी हुन् । सार्वजनिक कार्यक्रममा पनि साम्राज्ञीको यस्तो विन्दास अवतार देखिएको थिएन ।

ड्रिम्स गर्ल साम्राज्ञीको विकिनी अवतार (फोटो फिचर)

उनको अभिनय रहेका प्राय चलचित्रलाई दर्शकले रुचाएका छन् । अभिनयमा सधैँ एउटै शैली भएको आरोप खेपेकी सामाग्री निर्माता र निर्देशकको नजरबाट भने टाढा भएकी छैनन् । उनले ‘तिमिसँग’, ’कायारा’, ‘ए मेरो हजुर २’, ‘इन्टु मिन्टू लण्डनमा’  लगायतका चलचित्रमा अभिनय गरिसकेकी छन् जसमा उनको लुक्स र अभिनयलाई दर्शकले रुचाए थिए ।

कहिले वक्षस्थल मुनिको ट्याटूले त कहिले पारिश्रमिकका कारण चर्चामा आएकी साम्राज्ञी अहिले विकिनी अवतारका कारण चर्चामा छिन् । सामाजिक सञ्जालमा उनका तस्बिर भाइरल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्