असार ९ र १० गते कलर्सदेखि सोनी टेन लगायतका च्यानल बन्द हुने



काठमाडौं : विदेशी च्यानलहरुमा क्लिन फिड हुनुपर्ने प्रावधान गरेको भन्दै टेलिभिजन सेवा प्रदायकहरु आन्दोलित भएका छन् । प्रस्तावित विज्ञापन ऐन २०७६ को विरोध उनीहरु आन्दोलनमा उत्रीएका हुन् । 

यो ब्यबस्था लागू गर्दा हुन आउने परिस्थितिबारे जानकारी गराउन इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघले असार ९ गते दिउँसो १२ बजेदेखि असार १० गते १२ बजेसम्म बिज्ञापन प्रशारण हुने विदेशी च्यानलहरु बन्द गर्ने भएको छ ।

नेपालमा प्रसारित च्यानलहरु मध्ये ८५ प्रतिशत च्यानलहरु विदेशी छन् । इन्डियन ब्रोडकास्टर फोरमले नेपाललाई मात्रै क्लिन फिड दिन व्यवहारिक र व्यवसायिक रुपमा असमर्थ हुने उल्लेख गरेको अवस्थामा डिजिटाइजेसनको क्रममा रहेको डिजिटल टिभी व्यवसायको अर्बौं रुपैंयाको लगानी डुब्ने र संविधानले दिएको सूचना तथा मनोरञ्जनको हकबाट नेपाली जनता वञ्चित हुने महासंघको दाबी छ । 

नेपाल सरकारले चाहे जस्तो नियम लागु गर्दा नेपालमा सर्वाधिक रुचाइएको मनोरञ्जनात्मक च्यानलहरु कलर्स, स्टार प्लस, जी टीभीलगायत खेलहरु प्रशारण गरिने च्यानलहरु पनि नेपाली जनताले हेर्न नपाउने महासंघले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्