वैज्ञानिककाे खुलासाः यसरी भयो पृथ्वीमा प्राणीको सृष्टि



एजेन्सीः  वैज्ञानिकहरुले सबैभन्दा पहिले पृथ्वीमा प्राणीहरु कसरी आए भन्ने प्रश्नको उत्तर खोज्ने प्रयास गरेका छन् । यो यस ग्रहकै लागि पनि महत्वपूर्ण समय थियो जुन विना मानवीय अस्तित्व नै सम्भव थिएन ।

अस्ट्रेलियन नेशनल युनिभर्सिटीका शोधकर्ताले मध्य अस्ट्रेलियाको प्राचीन चट्टानी अवशेषको विश्लेषण गर्दै यसबारे पत्ता लगाएका हुन् । उनीहरुका अनुसार प्राणीहरुको विकास ६५ करोड वर्ष पहिले शैवाल (हरियो लेउजस्तै पानीमा पाइने एक किसिमको वनस्पति)को उदयसँगै सुरु भएको थियो । 

एएनयूका सहायक प्राध्यापक जेसेन ब्रोक्सका अनुसार उक्त चट्टानलाई पिसेर धूलो बनाइयो र प्राचीन जीवाणुलाई यसमा निकालियो । शैवालको उदयसँगै पृथ्वीको इतिहासमा सबैभन्दा महत्वपूर्ण परिस्थितिजन्य क्रान्ति सुरु भयो । योविना मानिस र अन्य प्राणीको अस्तित्व पनि सम्भव हुँदैन ।

नेचर पत्रिकामा प्रकाशित यो शोधको नेतृत्व ब्रोक्सले नै गरेका हुन् । उनका अनुसार ६५ करोड वर्षपहिलेको यो घटना इकोसिस्टम (जलवायुसम्बन्ध)को क्रान्ति थियो, र शैवालको उदय भयो ।

समुद्रमा भएको पोषक तत्वहरुको उच्चस्तर र अनुकूल विश्वतापमानले गर्दा शैवाल बन्ने परिस्थितिको सिर्जना भयो । वैज्ञानिकहरुले चट्टानमा आणविक जीवाश्मको खोज गरेका हुन् । पूरै पृथ्वी चिसो हुनुसँग जिन्दगीको सिधा सम्बन्ध रहेको उनीहरुको भनाइ छ । 

 

 

प्रतिक्रिया दिनुहोस्