गाईको पेटभित्र एचआईभी एड्सको औषधि भएको खुलासा



एजेन्सीः अमेरिकी अनुसन्धाताहरुले एचआईभीविरुद्धको भ्याक्सिन बनाउन गाईको सहयोग महत्वपूर्ण हुने देखिएको बताएका छन् । उनीहरुका अनुसार प्रतिरक्षाको लागि यो जनावर लगातार विशेष एन्टिबडिज उत्पादन गर्ने गर्छ ।

जसको माध्यमबाट एचआईभीको उपचार सम्भव हुनसक्छ । कम्प्लेक्स र ब्याक्टेरियायुक्त पाचन तन्त्रको कारण गाईमा प्रतिरक्षाको क्षमता अत्यन्त धेरै विकसित हुने वैज्ञानिकहरुको निष्कर्ष छ ।

अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थले एचआईभी रोकथामबारे नयाँ जानकारी दिएको हो । एचआईभी एउटा घातक प्रतिद्वन्द्वी हो जुन यति छिटै आफ्नो स्थिति बदलिदिन्छ कि भाइरसलाई बिरामीको प्रतिरक्षा सिष्टममा आक्रमण गर्ने बाटो खुल्छ ।

एचआईभी भाइरसले आफ्नो अस्तित्व बदलिरहन्छ । एक भ्याक्सिन बिरामीको रोग प्रतिरोधक सिष्टमलाई विकसित गर्न सक्छ भने मानिसलाई संक्रमणपहिले नै बचाउन सक्छ । इन्टरनेशनल एड्स भ्याक्सिन इनिसिएटिभ और द स्क्रिप्स रिसर्च इन्स्टिच्युटले गाईमा हुने प्रतिरक्षा क्षमतालाई लिएर परीक्षण सुरु गरेका हुन् ।

एक शोधकर्ताका अनुसार यस्तो परिणामबाट उनीहरु समेत चकित छन् । अत्यावश्यक एन्टिबडिज गाईको प्रतिरक्षा तन्त्रमा धेरै सातामा बन्ने गर्छ । डाक्टर सोकका अनुसार यो राम्रो मौका पनि हो ।

मानिसको शरीरमा यस्तो एन्टिबडिज विकसित हुन करिब ३ देखि ५ वर्ष समय लाग्छ । उनका अनुसार यो किन पनि महत्वपूर्ण छ भने यो यति सजिलै होला भन्ने लागेकै थिएन । एचआईभी उपचारमा गाईको योगदानबारे यसअघि उनीहरु सबै अनभिज्ञ थिए ।

नेचर नामको जर्नलमा प्रकाशित नतिजामा बताइएअनुसार गाईको एन्टिबडिजबाट एचआईभीको असरलाई ४२ दिनमा २० प्रतिशतसम्म हटाउन सकिन्छ । प्रयोगशाला परीक्षणमा ३८१ दिनमा यो एन्टिबडिज ९६ प्रतिशतसम्म एचआईभीको असर हटाउनसकिने पत्ता लागेको थियो ।

अर्का शोधकर्ता डाक्टर डेनिस बर्टनले यो अध्ययनबाट प्राप्त जानकारीलाई महत्वपूर्ण उपलब्धि मानेका छन् । मानिसको तुलनामा जनावरको एन्टिबडिज क्षमता युनिक हुने र यसले एचआईभी क्षमता हटाउन मद्दत मिल्ने बताएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्