एनआईसी एसिया बैंक र भारतको एपोलो हस्पिटलबीच सम्झौताः उपचार गराउँदा छुट दिने



काठमाडाैंः एनआईसी एसिया बैंक लिमिटेड र एपोलो हस्पिटल नयाँदिल्लीबीच बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई एपोलो हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५ प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र एपोलो हस्पिटलको तर्फबाट हस्पिटलका उपमहाप्रबन्धक अजय भारद्वाजले हस्ताक्षर गरेको बैंकले जनाएको छ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर २ सय ८४ शाखा कार्यालयहरु, २ सय ९४ एटीएम, ४५ वटा एक्सटेन्सन काउण्टर एवं ३२ वटा शाखारहित बैंकिङ्ग इकाइमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ। बैंकका करिब १६ लाख ग्राहक रहेका छन्। 

प्रतिक्रिया दिनुहोस्