हुम्ला दुर्घटना अपडेट : नदीमा जिपकाे पांग्रा र झाेला देखियाे



हुम्ला : खार्पुनाथमा जिप दुर्घटना भएको खबर प्राप्त भएकाे छ। खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चुका लागि छुटेको जिप बेडुबिसौनामा सडकबाट खसेकाे खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले द नेपालटपलाई जानकारी दिए। 

कर्णाली नदीमा दुई तीन वटा झाेला र जिपकाे पांग्रा मात्र देखिएकाे प्रत्यक्षदर्शीले बताएका छन्। जिपमा खार्पु गाउँपालिकाकी उपाध्यक्ष सिन्धु हमाल शाहीसहित करिब १० जना यात्रु रहेको बताइएको छ।

सेना र प्रहरीको टोली उद्धारका लागि हेलिकप्टरमार्फत घटनास्थल पुगेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

 

याे पनि पढनुस् :   हुम्लामा गाउँपालिका उपाध्यक्षलगायत चढेकाे जिप कर्णाली नदीमा खस्याे !

 

प्रतिक्रिया दिनुहोस्