पत्रकार महासंघको भवन निर्माकालागि अध्यक्षले ५० हजार दिए



नवलपुर : पत्रकार महासङ्घ नवलपुर शाखाको भवन निर्माणका लागि आर्थिक सहयोग जुट्न थालेको छ । मङ्गलवार शाखा अध्यक्ष होमराज रानाभाटले ५० हजारको चेक हस्तान्तरण गरेका हुन् ।

उनले जिल्ला कार्यसमितिको रोहवरमा उपाध्यक्ष श्रीराम सिग्देललाई चेक हस्तान्तरण गरेका हुन् । स्थानीय तह पुर्नसचनामा जाँदा नवलपरासी टुक्रिएसँगै महासंपनि विभाजित भएको हो । नवलपरासी वर्दघाट सुस्तापुर्वको पत्रकार महासङ्गको भवन नभएपनि भवन निर्माणको लक्ष लिएको छ ।

साथै अध्यक्षले ५० हजार रुपैयाँ सहयोग गरेसंगगै सहयोगीहरू थपिने अपेक्षा गरिएको छ । साथै आजको कार्यक्रममा सचिव प्रेम न्यौपानेले भवन निर्माकालागि सहयोग गर्न सबैलाई अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्