मार्ताको गोलसँगै ब्राजिल नकआउट चरणमा प्रवेश



एजेन्सी : फ्रान्समा जारी आठौं फिफा महिला विश्वकपमा मार्ता डे सिल्वाले कीर्तिमानी १७ गोल गर्दै ब्राजिललाई अन्तिम १६ मा पुर्याएकी छिन्। ६ पटककी विश्व फुटबलर अफ दी इयर बनिसकेकी मार्ताको गोलमा ब्राजिलले समुह ‘सी’ को तेस्रो स्थानमा रहदै महिला विश्वकपको नकआउट चरणमा स्थान बनायो।

यसअघि नै नकआउट चरणमा पुगिसकेको इटलीलाई एक शुन्यले हराउदै ब्राजिलले प्रिक्वाटरफाइनलमा स्थान बनायो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ७२ औं मिनेटमा मार्ताले ब्राजिलका लागि गोल गरेकी थिइन। जुन गोलले ब्राजिललाई समुह ‘सी’ को उत्कृष्ट तेस्रो टिम बनाएको छ।

मार्ताले विश्वकपमा गोल संख्या १७ पुर्याउदै पुरुष खेलाडीको भन्दापनि धेरै गोल गर्ने कीर्तिमान बनाइन। उनले जर्मनीका मिरोस्लाभ क्लोसको रेकर्डपनि तोड्न सफल भइन। अब ब्राजिलले अन्तिम १६ मा घरेलु टिम फ्रान्ससँग खेल्नेछ।

यता इट्लीले अन्तिम १६ मा चीन र नाइजेरीयाको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

समुहको पहिले र दास्रो स्थानमा क्रमशः ६/६ अंकका साथ इटाली र अष्ट्रेलिया रहेका छन्।

प्रतिक्रिया दिनुहोस्