सञ्चारमाध्यमप्रति प्रधानमन्त्रीको कटाक्षः तपाईं भन्नसमेत जान्दैनन् !



काठमाडाैंः प्रधानमन्त्री केपी ओलीले सञ्चारमाध्यमहरुमाथि नेपाली भाषा बिगारेर प्रयोग गरेको आरोप लगाएका छन्। सिंहदरबारमा मंगरबार आयोजित पत्रकार सम्मेलनमा उनले सञ्चारमाध्यमका कारण नेपाली भाषाका आदरार्थी शब्द हराउन लागेकोमा चिन्ता व्यक्त गरे। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

नेपाली सामज शिष्ट, सभ्य र मर्यादित समाज भएकाले यसको भाषा बिग्रनु आफैँमा चिन्ताको विषय भएको उनले बताए । “हाम्रो टेलिभिजनले कसैलाई तपाईं भन्न जान्दैन, तपाईं भन्ने शब्द नै हराइसक्यो”, प्रधानमन्त्रीको भनाइ थियो।

ओलीले सामाजिक सञ्जाललाई गुरु थापेर हाम्रा स्थापित सञ्चारमाध्यम पनि त्यतै बरालिएकामा गुनासो गरे। नेपाली भाषामा आदरार्थी शब्द पनि भएको भन्दै उनले भाषा बिगारेकामा असन्तुष्टिसमेत जनाए।

सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्री ओलीले सञ्चार जगतलाई पनि मर्यादित र जिम्मेवार हुन आग्रह गरे। “सञ्चार जगत लोकतन्त्रको खम्बा हो तर आज हामी सञ्चारका क्षेत्रमा सङ्क्रमणकालीन अवस्थामा छौँ, हाम्रो सामाजिक मूल्यमान्यता हराइसक्यो”, प्रधानमन्त्रीले भने, “हरेक भाषाको आ–आफ्नो मर्म हुन्छ तर हाम्रा सञ्चारमाध्यममा मर्म हराउँदै आएको छ । नेपाली सञ्चारमाध्यमले बाबुलाई पनि तिमी, आमालाई पनि तिमी भन्न सिकाएका छन् । यहाँबाट आदरार्थी शब्द हराइसक्यो।”

 ले सञ्चारमाध्यमहरुमाथि नेपाली भाषा बिगारेर प्रयोग गरेको आरोप लगाएका छन्। सिंहदरबारमा मंगरबार आयोजित पत्रकार सम्मेलनमा उनले सञ्चारमाध्यमका कारण नेपाली भाषाका आदरार्थी शब्द हराउन लागेकोमा चिन्ता व्यक्त गरे। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

नेपाली सामज शिष्ट, सभ्य र मर्यादित समाज भएकाले यसको भाषा बिग्रनु आफैँमा चिन्ताको विषय भएको उनले बताए । “हाम्रो टेलिभिजनले कसैलाई तपाईं भन्न जान्दैन, तपाईं भन्ने शब्द नै हराइसक्यो”, प्रधानमन्त्रीको भनाइ थियो।

ओलीले सामाजिक सञ्जाललाई गुरु थापेर हाम्रा स्थापित सञ्चारमाध्यम पनि त्यतै बरालिएकामा गुनासो गरे। नेपाली भाषामा आदरार्थी शब्द पनि भएको भन्दै उनले भाषा बिगारेकामा असन्तुष्टिसमेत जनाए। सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्री ओलीले सञ्चार जगतलाई पनि मर्यादित र जिम्मेवार हुन आग्रह गरे।

“सञ्चार जगत लोकतन्त्रको खम्बा हो तर आज हामी सञ्चारका क्षेत्रमा सङ्क्रमणकालीन अवस्थामा छौँ, हाम्रो सामाजिक मूल्यमान्यता हराइसक्यो”, प्रधानमन्त्रीले भने, “हरेक भाषाको आ–आफ्नो मर्म हुन्छ तर हाम्रा सञ्चारमाध्यममा मर्म हराउँदै आएको छ । नेपाली सञ्चारमाध्यमले बाबुलाई पनि तिमी, आमालाई पनि तिमी भन्न सिकाएका छन् । यहाँबाट आदरार्थी शब्द हराइसक्यो।”

 

प्रतिक्रिया दिनुहोस्