रियल म्याड्रिडमा रोड्रिगो सार्वजनीक



एजेन्सी : यो समर विन्डोबाट स्पेनिस क्लब रियल म्याड्रिडले पाँचौ खेलाडीमध्येका ब्राजिलियन खेलाडी रोड्रिगोलाई भित्र्याएको छ। क्लबले गत वर्ष नै रोड्रिगोलाई ४० मिलियन पाउन्डमा अनुबन्ध गर्न सान्तोषसँग सहमति गरेको थियो। सोही सहमतिलाई मंगलबार सार्वजनिक गरीएको हो। क्लबका अध्यक्ष फियोरेन्टिना पेरेजले सार्वजनिक गरेका थिए।

१८ वर्षीय रोड्रिगो यो सिजन रियलमा आबद्ध हुने ५ खेलाडीमध्ये हुन्। रियलले लुका जोभिक, इडर मिलिसाओ, फरल्यान्ड मेन्डी र इडेन हजार्डलाई पनि अनुबन्ध गरिसकेका छ।

रोड्रिगोले सान्तोषका लागि यो सिजन ३५ खेलमा ८ गोल गरेका छन्। उनले ब्राजिलको यु–२० टोलीबाट प्रतिनिधित्व गरिसकेका छन्।

यो सिजन खेलाडी अनुबन्धमा मोटो रकम खर्चिसकेको रियलले अझै पनि म्यानचेस्टर युनाइटेडका पल पोग्वालाई अनुबन्ध गर्न प्रयास जारी राखिरहेको छ।

प्रतिक्रिया दिनुहोस्