पाकिस्तानी यी मन्त्री फेसबुक लाइभमा बिरालोजस्तो देखिएपछि…



सामाजिक सञ्जालले कसैलाई निकै सम्मान दिन्छ भने कसैलाई लजास्पद पनि हुनुपर्छ । सामाजिक सञ्जाल फेसबुकमा भएका नयाँ नयाँ ‘अप्सन’का कारण अहिले प्रयोगकर्ताले आफ्नो सुविधा अनुसारको सेवा लिन पाइरहेका छन् ।  

तर कहिलेकाहीँ यही सुविधा प्रयोग गर्न नजान्दा वा लापारवाही गर्दा लज्जास्पद अवस्था आउन सक्छ । खासगरी लाइभ स्ट्रिमिङ गर्दा यस्तो समस्या झनै बढी देखिन्छ । किनकि थोरै लापरवाहीले पनि हास्यको पात्र बन्नुपर्ने अवस्था आउन सक्छ । 

पाकिस्तानको खैबर पख्तुनख्वाका एक मन्त्रीले गरेको फेसबुक लाइभ अहिले भाइरल भइरहेको छ । फेसबुक लाइभको समयमा खैबर पख्तुनख्वाका सूचना मन्त्री शौकत युसुफजाई र उनका मन्त्रीहरुको सानो गल्ती हुन पुग्यो । फेसबुक लाइभको समयमा भएको गल्तिका कारण त्यहाँ भएको 'फिल्टर' अप्सनमा क्लिक हुन पुग्यो र मन्त्री युसुफजाईको अनुहार बिरालो जस्तो हुन पुग्यो ।

युसुफजाईले विधानसभामा भएको एक फैसलाका बारेमा पत्रकार सम्मेलन गरेका थिए । यहीबीच गल्तिले फेसबुकमा रहेको 'क्याट फिल्टर' अप्सन एक्टिभ हुन पुग्यो । लाइभ गर्नेले गल्ति थाहा पाएर सच्याउँदासम्म त्यो भिडियो सामाजिक सञ्जाल प्रयोगकर्ताले स्न्यापसट लिएर शेयर गर्न भ्याइसकेका थिए । यसको केही समयपछि नै त्यस भिडियो र तस्बिर भाइरल हुन पुग्यो ।

भिडियो र तस्बिरमा सामाजिक सञ्जाल प्रयोगकर्ताले मन्त्रीको खिल्ली उडाउँदै विभिन्न किसिमका कमेन्टहरु लेखेका छन् । एक जना ट्विटर प्रयोगकर्ताले युसुफजाई बिरोलोको कानसहितको तस्बिरमा निकै क्युट देखिएका छन् भन्दै तस्बिर शेयर गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस्