ब्राजिलविरुद्ध भेनेजुएला गोलरहित बराबरीमा



एजेन्सी : ब्राजिलमा जारी ४६औं कोपा अमेरिकाको समुह ‘ए’ को दास्रो खेलमा ब्राजिल र भेनेजुएलाको खेल भर्खरै सकिएको। खेलको निर्धारित समयमा गोल हुन नसकेपछि दुवै टोलीले अंक बाँडेका छन्।

पहिलो हाफमा भेनेजुएलामाथि निरन्तर दबाब बनेको ब्राजिलले गोल लगाउन सकेन। खेलको ३७ मिनेटमा भेनेजुएलाका जे मुरिलेले र ४१ औं मिनेटमा ब्राजिलका कासिमेरोले पहेंलो कार्ड पाएका थिए।

यससँगै २ खेल खेलेका दुवै टोली समुहको पहिलो र तेस्रो स्थानमा छन्। ब्राजिल २ खेलमा ४ अंकका साथ पहिले स्थानमा छ भने भेनेजुएलाले दुवै खेलमा बराबरी खेलेर २ अंकका साथ दास्रो स्थानमा छ।

यो खेल फोन्टे नोभा एरियाना मैदानमा भैएको थियो।

प्रतिक्रिया दिनुहोस्