नेपाली बजारको माग अनुसार तालिम दिन आवश्यक छः  नगरप्रमुख सरावगी



वीरगन्ज : वीरगन्ज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगीले नेपाली उधोग र कारखानाहरुमा आवश्यक पुर्तिहुने सिपमुलक तालिम दिन अहिलेको मुख्य आवश्यकता रहेको बताएका छन् । उनले  निजीक्षेत्र र बजारको मांग अनुसारको तालिमले नै बेरोजगारीको समस्यालाई समाधान गर्ने  धारणा व्यक्त गरे  ।

सिकर्मी, डकर्मी समेत विदेशबाट ल्याइ काम गराउनु पर्ने अवस्था रहेपनि सिलाइ, कटाइ व्युटिसियन जस्ता तालिममा सरकारले बजेट खर्चि रहेको छ, नगरप्रमुख सरावगीले भने,  यसले रोजगारको समस्यालाई सम्बोधन गर्न सक्दैन । 

नेपाली बजारको माग अनुसारको तालिमलले नै समस्यालाई समाधान गर्न सक्ने उनले बताए । नगरप्रमुख सरागीले आउदो आर्थिक वर्ष भित्र ५ हजार रोजगार सिर्जना गर्ने लक्ष्य सहित महानगरपालिका अगाडीले यस कार्यमा सबैले सहयोग गर्न आह्वान गरे । 

प्रधानमन्त्री स्वरोजगार योजनाको विषयमा अन्तर्राष्ट्रिय श्रम संगठन नेपालले मगलबार आयोजना गरेको प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमका सहभागि वक्ताहरुले नेपाली जनशक्ति रोजगारको खोजीमा विदेशीनु परेको अवस्था छ, भने देश भित्रका काम गर्न विदेशी जनशक्ति ल्याउनु पर्ने विडम्बना पूर्ण अवस्था अन्त्य गर्न जरुरी रहेको बताएका थिए ।  

कार्यक्रममा सहभागी वक्ताहरुले नेपाल सरकारको विभिन्न मन्त्रालय मार्फत हाल प्रदान गरिएको तालिमले नेपाली बजारको मागलाई सम्बोधन गर्न नसकेको  बताए ।  

श्रम तथा रोजगार मन्त्रालयका सहसचिव एवम् प्रधानमन्त्री स्वरोजगार योजनाका कार्यक्रम संयोजक प्रकास दहालले विभिन्न मन्त्रालय मार्फत हाल प्रदान गरिने तालिमले स्वरोजगार प्रवद्धनका क्षेत्रमा कुनै योगदान नपुर्याएकाले अब प्रदान गरिने तालिमलाई निजीक्षेत्र तथा स्थानिय तहको समन्वयमा संचालन गर्न आवश्यक देखिएको विचार व्यक्त गरे । उनले वर्षेनी तालिममा नेपाल सरकारले करोड रुपैया खर्च गरेपनि आवश्यक जनशक्ति विदेशबाट निजीक्षेत्रले झिकाउनु पर्ने बाध्यात्मक अवस्था रहेको बताए । 

सथानिय तहको सहकारमा सरकारले संचालन गर्न लागेको स्वरोजगार कार्यक्रम व्यक्ति तथा राष्ट्रका लागि फल्दायी बनाउन आवश्यक रहेको सहसचिव ढकालले बताए । 

कार्यक्रममा उद्योग बाणिज्य संघ प्रदेश नं २ का अध्यक्ष अशोक बैघले निजीक्षेत्रको संरक्षणमा सरकार गम्भिर नभएसम्म मुलुकमा रोजगार सिर्जना हुनै नसकिने धारणा व्यक्त गरे । उनले  युरोप र अमेरिकामा प्रचलित रहेका श्रम कानुनलाई अध्ययन अनुसन्धान नै नगरि सरकारले नेपालमा लागुगरेको कारण निजीक्षेत्र श्रम समस्याले ग्रसित भएकाले निजीक्षेत्रको हितलाई सुरक्षित गर्ने कानुन निर्माण गर्न जोड दिए । 

स्वदेशि जनशक्ति दक्ष नभएको कारण विदेशीलाई काम लगाउनु परेको बताउदै अध्यक्ष बैधले निजीक्षेत्रको माग अनुसार तालिम प्रदान गरे विदेशीने जनशक्तिले स्वदेश मै रोजगार पाउने ठोकुवा समेत गरे । कार्यक्रममा विभिन्न स्थानिय तहका जनप्रतिनिधी तथा उद्योपतिहरुले नेपाली बजारको मागलाई नै सम्बोधन गर्ने गरी जनशक्ति उत्पादनमा जोड दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्