सरकारद्वारा एनर्जी ड्रिंक्सको आयातमा प्रतिबन्ध



काठमाडौं : सरकारले पेय पदार्थको आयातमा प्रतिबन्ध लगाएको छ । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्लास्टिक र शक्तिवर्धक पेयपदार्थ (एनर्जी ड्रिंक्स) को आयातमा पूर्ण रुपमा रोक लगाएको छ। पेय पदार्थको कम्पनी र ब्रान्ड नाम भने उल्लेख गरेको छैन। 

मन्त्रालयले निकासी तथा पैठारीसम्बन्धी सूचित आदेशमा भएको व्यवस्था परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको हो।

मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईकाअनुसार, मन्त्रिपरिषदले जेठ १० गते गरेको निर्णयअनुसार स्वास्थ्यमा हानी पुर्‍याउने यस्ता पेय पदार्थमाथि प्रतिबन्ध लगाइएको हो।

क्याफिनयुक्त भए नभएको भनेर नापतौल तथा गुणस्तर विभागले प्रमाणिकरण गर्ने छ। उक्त तत्व भएको पाइएमा भन्सारबाटै फिर्ता गरिने छ।

प्रतिक्रिया दिनुहोस्