विश्वकप २०२२ का लागि आयोजक खोजी गर्न फिफाको गोप्य बैठक



एजेन्सी :विश्वकप फुटबल २०२२ को संस्करण कतारमा हुने भनेर नौ वर्षअगाडी नै निश्चित भएको थियो। सो आयोजना सुरु हुन तीन वर्ष पनि पूरापूरी बाँकी छैन्। तर फिफाले यो आयोजनाको लागी नयाँ होस्ट(आयोजक देश)को खोजि गरिरहेको टीएनटी(टर्नर नेटवर्क टेलिभिजन) स्पोर्टसले जनाएको छ।

टीएनटीका अनुसार सो आयोजना कतारबाट खोस्ने र अन्य कुनै राष्ट्रलाई प्रदान गर्ने जनाएको छ। उच्च आहोदामा रहेका केहि व्यक्तिहरुको विवादका कारण सो निर्णय लिन लागिएको समेत जनाईएको छ।

यूईएफएका पूर्व अध्यक्ष्य माइकल प्लटिनीलाई कतारमा हुन लागेकाे विश्वकपको छनौट प्रकृयामा भ्रष्टाचार गरेको आरोपमा हालसालै पक्राउ गरेको छ। कतारलाई सन् २०१० को डिसेम्बरमा आगामी विश्वकपको लागि आयोजक राष्ट्र बनाइएको थियो। यसबारेका प्रमाणहरुमा केही त्रुटिपूर्ण तथ्यहरु भेटिएकाले उनलाई पक्राउ गरिएको जनाइएको छ।

फ्रान्स प्रहरीका अनुसार हाल उनलाई फुटबलका कुनै कार्यमा संलग्न हुन नपाउनेगरी छोडिइएको समेत जनाइको छ। यूईएफएका एक पूर्व सह–अध्यक्ष्य ज्याक वार्नरले कतारले आउँदो विश्वकप किनेको प्रमाण दिने इमेल सार्वजनीका भएको जनाएका छन्। तर आयोजक देशले यसबारेमा केही नराम्रो नभएको र सबै प्रक्रिया अनुरुप भएकाे समेत जनाएको छ।

प्रतिक्रिया दिनुहोस्