भाजपा भ्रष्ट र लालची : ममता बनर्जी



कोलकाता : पश्चिम बंगालमा तृणमूल कांग्रेसका नेताले भाजपामा सहभागी हुने विषयलाई लिएर मुख्यमन्त्री ममता बनर्जीले कटाक्ष्य गरेकी छिन् । उलने भाजपा भ्रष्ट र लालची भएको बताइन् । साथै यसमा शामिल हुने नेता तृणमूलको फोहोर भएको उनले बताइन् । 

उनले भनिन्, ‘तृणमूल कमजोर पार्टी होइन् । १५–२० पार्षद पैसा लिएर पार्टी छोड्दा मलाई केही हुँदैन ।’

उनले भ्रष्ट र लालची भाजपा तृणमूलको फोहोरलाई एक ठाउँमा ल्याइरहेको छ । मुख्यमन्त्री ममताले भनेकी छिन् यदि पार्टीका अरु पनि विधायक तृणमूल छोड्न चाहन्छन् भने छोड्न सक्छन् । म पार्टीमा चोर चाहदिन । यदि एक जनालो पार्टी छोड्छ भने म ५ सयलाई तयार गर्छु ।’

सर्वदलीय बैठकमा मुख्यमन्त्री ममता सहभागी नहुने 

मुख्यमन्त्री बनर्जी बुधबार दिल्लीमा हुने सर्वदलीय बैठकमा सहभागी नहुने भएकी छिन् । 

बनर्जीले संसदीय कार्यमन्त्री प्रल्हाद जोशीलाई पत्र लेख्दै भनेकी छिन्, ‘यस बैठकमा म सहभाागी लिन पाउँदिन  किन कि एक देश एक चुनावको मुद्दा गम्भीर र सम्वेदनशी छ । 

यति छोटो सयममा दलको बैठक बोलाएर यस मामलाको सबै न्याय गर्न सकिँदैन । 

 

प्रतिक्रिया दिनुहोस्