टी ट्वान्टीमा सुन्दै अचम्म लाग्ने स्कोर



एजेन्सी : सुन्दै अचम्म लाग्ने तरिकाले मालीले टी२० क्रिकेटमा रन बनाएको छ। टी ट्वान्टी क्रिकेटमा कुन टिम कतिमा अल आउट हुन सक्ला ? पक्कै हाम्रो अनुमान १० रन भन्दा माथिको हुन सक्छ। तर टी ट्वान्टी क्रिकेटमा मालीको महिला क्रिकेट टिम मात्र ६ रनमा अल आउट भएको छ।

यो महिला क्रिकेटमा सबैभन्दा कम स्कोर हो। आईसीसीको मान्यताप्राप्त अन्तर्राष्ट्रिय प्रतियोगिता क्विबुका महिला टी ट्वान्टी क्रिकेट प्रतियोगितामा टस जितेर पहिला ब्याटिङ थालेको मालीको महिला क्रिकेट टिम रुवान्डासँग मात्र ९ ओभरमा ६ रनमा अल आउट भएको हो। उसका १० खेलाडी डक आउट भएका थिए।

एक मात्र खेलाडीले खाता खोले। मालीले ९ ओभर ब्याटिङ गर्दा ओपनर मरियम समाकेले १ रन जोडे। मालीले प्राप्त गरेको ५ अतिरिक्त रन भने २ लेग बाई, २ बाई र १ वाइडमा थियो।

जवाफमा ७ रनको लक्ष्य रुवान्डा महिला क्रिकेट टोलीले ४ बलमै पुरा गर्यो। अर्थात १ सय १६ बल अगाडी खेल जितेको थियो। जुन विश्व कीर्तिमान समेत हो। यसअघि कम स्कोरको कीर्तिमान चीनले यूएईविरुद्ध थाइल्याण्डमा भएको टि२० समासको १४ रनको रहेको थियो।

प्रतिक्रिया दिनुहोस्