जिल्ला प्रशासन कार्यलयकै गाेप्य कागजपत्र असुरक्षित



सुनसरीः समग्र जिल्लाको शान्ति सुरक्षाको जिम्मेवारी बोकेको जिल्ला प्रशासन कार्यालय सुनसरीका कागजपत्र भने असुरक्षित छन्। नागरिकता फाँटका कर्मचारीको लापरबाहीका कारण आवश्यक परेको समयमा कागजपत्र भेटिँदैनन्। सरकारले जिल्ला प्रशासन कार्यालयको साविकको भवन साँघुरो भएपछि करोडौं खर्चेर इनरुवामा नयाँ दुई तले सुविधा सम्पन्न भवन निर्माण गरेको छ।

कार्यालमा प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीको कार्यकक्ष मात्र व्यवस्थित छ। अन्य फाँट र विभाग भने लथालिङ हुँदा जनताको दैनिक काम कारबारी प्रभावित हुने गरेको छ।

नागरिकता फाँट, प्रशासन फाँट र मुद्दा फाँट पुरै अव्यवस्थित रुपमा सञ्चालन भइरहेका छन्। नागरिकता फाँटमा भने कर्मचारीको चरम लापरबाही भएको पाइएको छ। जिल्लाभरका सर्वसाधारणले लिएको नागरिकताको रेर्कड फाईलहरु राखिएका छन्। कतिपय फाइलहरु भुँइमा थुपारिएको छ।

नागरिकताको फाइलमा नै कर्मचारीले पान खाएर थुेकेकोसमेत भेटिएको छ। कर्मचारीले नागरिकताको रेर्कड फाइलहरु अव्यवस्थित रुपमा राखेपछि अधिकांश फाइल मुसाले खाएर च्यातिएको अवस्थामा भेटिएका छन्।

प्रतिक्रिया दिनुहोस्